फ्रान्स नकआउट चरणमा प्रवेश, एम्बाप्पेको गोल वर्षा कायमै

0 Shares

काठमाडौं । जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३-० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता दोब्बर भएको थियो ।

उस्मान डेम्बेलेले ६६औँ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

सम्बन्धित समाचार