काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो खेलमा पनि केपभर्डेले सानदार खेल कायमै राखेको छ । दुई पटकको विश्व विजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार प्रदर्शन गरेको हो ।
उरुग्वे १९३० र १९५० मा विश्व विजेता मुलुक हो । केपभर्डे विश्वकपमा पहिलोपटक प्रवेश गरेको राष्ट्र हो ।
उरुग्वेसँग केपभर्डेले २-२ को बराबरी गरेको छ । विश्व विजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको केपभर्डेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको हो ।
केपभर्डेका लागि केभिन पियानले २१ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । उरुग्वेका मेक्सी अराजाओले ४४ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले २-१ को अग्रता लिएको थियो । ६१औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
खेलमा बराबरी भएसँगै दुवै टोलीले अंक बाँडेको छन् । तालिकामा दुवै टोलीले २ अंक जोडेका छन् ।