मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मनिष झाले पदाधिकारीमा दाबी गरेका छन् । उनले चितवनबाट पार्टीमा महामन्त्रीमा उठ्ने योजना बनाएको जानकारी गराए ।

अरु नेताले केन्द्रीय समितिमा उठ्ने दाबी गरिरहँदा झाले केन्द्रीय समितिसँगै महामन्त्रीमा उठ्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा केन्द्रीय सदस्य जितेपछि मात्रै पदाधिकारीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

पदाधिकारीमा दाबी गर्ने झा पहिलो व्यक्ति हुन् । अनौपचारिक रूपमा अरु नेताहरुले पनि महामन्त्रीको दाबी गरेको देखिन्छ । एकजना भूपदेव शाह महामन्त्रीमा पक्का रहँदा खुल्लामा मन्त्रीका लागि धेरैजना व्यक्तिले आकांक्षा गरेका छन् ।

महामन्त्रीका लागि झासँगै विपिन आचार्य, अहिलेका महामन्त्री कवीन्द्र बुर्लाकोटी, दीपक बोहरा लगायतका नेताहरूको आकांक्षा छ ।

सम्बन्धित समाचार