हाल्यान्डको दुई गोलसँगै २८ वर्षपछि नर्वे विश्वकपको नकआउट चरणमा

0 Shares

काठमाडौं । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहानको खेलमा सेनेगललाई ३-२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरणमा पुगेको हो ।

नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरे । तर, पनि हार टार्न सकेनन् ।

खेलको ४३औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए । नर्वेका हाल्यान्ड ४८औँ र ५८औँ मिनेटमा गोल गर्दै जित निश्चित गरेका थिए । यसअघि ५३औँ मिनेटमा सेनगलका इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे ।

दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्किए पनि असफल भए । नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो ।

जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले दुवै नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

सम्बन्धित समाचार