0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध चयन भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो । अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको छ ।
राति १२ बजेसम्म उम्मेदवारको दर्ता हुने एक नेताले बताए । उनका अनुसार भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब ४५ सय बढी मतदाताले मतदान गर्ने भएका छन् ।