संविधान संशोधन अघि नबढाए आन्दोलनमा जान्छौं:अध्यक्ष यादवको

0 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि सरकारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। मंगलबार जनकपुरधाममा आयोजित धनुषा जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने संविधान संशोधन र संघीयता कार्यान्वयनको मुद्दा सरकार अघि नबढाए सडकमा उत्रिने बताए।

अध्यक्ष यादवले संविधान संशोधन र संघीयताको प्रभावकारी कार्यान्वयन एक दशकदेखि जसपा नेपालको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै यी विषयलाई सरकारले प्राथमिकतामा नराखे पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।

पछिल्लो पटक सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षा अनुसार परिणाम ल्याउन नसक्नुको प्रमुख कारण आन्तरिक र बाह्य कारण रहेको पार्टीको समीक्षा रहेको जानकारी उनले दिए। जसपा नेपाल प्रदेश सरकारमा रहेको बेला कमी कमजोरी भएपनि प्रदेशको शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे।

लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको अवस्थामा मधेशमा दुई वटा विश्वविद्यालय स्थापना, मधेश स्वास्थ्य प्रतिष्ठान गठन, प्रदेश भित्रका अस्पतालहरुलाई प्रदेश मातहतमा ल्याउने र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला ल्याब राजधानीदेखि गाउँस्तरसम्म संचालन लगायतका उपलब्धी हासिल गरे पनि त्यसको प्रभावकारी प्रचार प्रसार गर्न नसकिएको गुनासो उनले गरे।

उनका अनुसार ३७ वर्षदेखि कांग्रेस, एमाले र माओवादी लगायतका दल आलोपालो गरी सरकार चलाएर जनताको अपेक्षा पुरा गर्न सकेन। ती दलहरूसंगको सहकार्यका कारण जसपा नेपाल पनि जनअसन्तुष्टिको प्रभावबाट अछुतो रहन सकेन।

 

सम्बन्धित समाचार