रास्वपाको पहिलो महाधिवेशनमा २ हजार ५ सय प्रतिनिधि सहभागी हुने

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बुधवार बिहान बसेको केन्द्रीय समिति बैठकले ७७ जिल्लाबाट २५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने तय भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए । बैठकले पार्टी स्थापना दिवसको दिन असार ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा ७७ जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने हामीले अनुमान गरेका छौँ । सबै जिल्लामा समन्वय गर्नका लागि केन्द्रीय सदस्य तोक्दैछौँ’, बैठकको निर्णय सुनाउँदै परियारले भने ।

यसैगरी जेठ २६ गते बागमती प्रदेशको अधिवेशन तोकेको छ । जेठ २७ गते कोशी प्रदेश, जेठ २८ गते मधेस प्रदेश, २० गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने उनले बताए ।

सम्बन्धित समाचार