0
Shares
काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं-हेटौँडा जोड्ने कान्तिलोक पथ ठप्प भएको छ ।
ललितपुरको बागमती गाउँपालिका ३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेका कारण कान्तिलोक पथ अवरुद्ध रहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण दुई ठाउँमा गएराति पहिरो खसेको हो ।
कान्तिलोक पथअन्तर्गत मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।