नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए

0 Shares

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्।

निरन्तरको वर्षापछि पहिरो खस्दा पृथ्वीराजमार्ग, बीपी राजमार्गलगायतका सडक अवरुद्ध भएपछि लामो दूरीका बस बिहीबारदेखि बसपार्कमै रोकिएका हुन्।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट विभिन्न जिल्लातर्फ जाने तथा ती जिल्लाबाट काठमाडौं आउने लामो दूरीका सवारीसाधनको सेवा प्रभावित भएको छ। बसपार्कमा बस रोकिँदा यात्रुसमेत प्रभावित भएका छन्।

सम्बन्धित समाचार