प्रहरी उपरीक्षकलाई धम्की दिने भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन निर्देशन

0 Shares

काठमाडौं । भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको छ ।

उनलाई त्यहाँबाट विभागमा हाजिर हुन पत्राचार गरेको छ । भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीबीच उत्पन्न विवादबारे अनुसन्धान गर्न विभागमा तानिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निजी सचिवालयका अनुसार उनीमाथि अनुसन्धान हुने भएको छ ।

सम्बन्धित समाचार