नेपाली सडकमा एक हजारभन्दा बढी पुग्यो नामी!

0 Shares

काठमाडौं । एमएडब्लू वृद्धिले नामीको एक हजारभन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम ईभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ ।

एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुक र एमएडब्लू वृद्धि नेतृत्वको उपस्थिति थियो । कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवालर प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरियार एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

नामी करिब १४ महिनाअगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो । यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो ।

त्यहीँबाट ग्राहकमा यो निकै लोकप्रिय बन्यो । यसमा वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्ट(फर्स्ट फिचरहरूका साथै लेभल २ एडीएएस, वायरलेस चार्जिंग र भेन्टिलेटेड सिटहरू जस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू रहेका छन् ।

नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्जदिनसक्ने भएकाले ग्राहकले यसलाई निकै मन पराएका छन् । यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छन् ।

कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, “ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ, यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढी अनुभव पनि प्रदान गर्छ ।”

बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारणनामीले नेपालको ईभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ । देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको छ ।

 

सम्बन्धित समाचार