गाडी दुर्घटनामा चालकको मृत्यु

0 Shares

इलाम । स्थानीय देउमाई नगरपालिका १ बाट देउरालीतर्फ गइरहेको प्रदेश १-०१-००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त दुर्घटनामा देउमाई १ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरो किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

गाउँको भित्री सडकमा भएको दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेकामा त्यसमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार