काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दा विश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा परिचित नाम बनेको छ ।
यसले मानिसहरूलाई अर्थपूर्ण सम्बन्ध बनाउन, आफ्ना परिवार र साथीसँगका अमूल्य क्षण सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको छ ।
सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गरेको थियो । यसले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०२३ पालना गरेको छ ।
डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको छ । सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित छैन ।
यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गर्दछ । साथै प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलमार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउँछन् ।
भाइबर नेपालमा सुरुवाती कालमै उपलब्ध भएका सञ्चार एपहरूमध्ये एक हो । यसले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीहरू उपलब्ध गराउँदै डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको छ । यो निरन्तर रूपमा नेपालीहरूको सेवामा प्रतिबद्ध छ ।
राष्ट्रिय संकटका समयमा पनि भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०१५ को गोरखा केन्द्रविन्दु पारेर गएको भूकम्पपछि यसले गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा उपलब्ध गराएको थियो ।
कोभिड १९ महामारीका बेला यसले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी केस संख्या र अस्पताल क्षमताबारे महत्त्वपूर्ण जानकारी साझा गरेको थियो । नेपाल प्रहरीसँग मिलेर सार्वजनिक सञ्चार कायम राख्न पनि योगदान गरेको थियो ।