नेपालले भारतीय टोली गुजरातसँग दोस्रो खेल खेल्दै, कस्को होला जित ?

0 Shares

काठमाडौं । भारतमा जारी नेपालसहित तीन टोलीको फ्रेण्डसिप कपअन्तर्गत तेस्रो खेलमा नेपालले आज गुजरातसँग खेल्दै छ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो । नेपाल आजको खेलमा विजयी भए एक खेलअगावै फाइनल पुग्ने छ ।

नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्ने छ । फाइनल आइतबार हुनेछ । गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो ।

नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक ब्याटिङ गरेका थिए ।

सम्बन्धित समाचार