ससुरालीमा गएर श्रीमतीको हत्या प्रयास, घटनाको अनुसन्धान गर्दै प्रहरी

0 Shares

सर्लाही । जिल्लाको बागमती नगरपालिका ५ टेकानीस्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयार गरेका युवक पक्राउ परेका छन् ।

धनकौल गाउँपालिका १ शेखौना बस्ने २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

घटनामा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल पुर्‍याएको थियो ।

सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । त्यहाँबाट पनि थप उपचारका लागि राति १०ः३० बजे रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार