0
Shares
काठमाडौं । महिला एसिया कप २०२४ को समूह ‘ए’अन्तर्गत अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर पहिला बलिङ गर्ने भएको छ । आज नेपालको टोलीमा दुई जना परिवर्तन भएको छ ।
डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् । टोलीमा सवनम राई फर्किएकी छिन् ।
आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी स्मृति मन्दनाले गरेकी छन् ।