आज नेपालले भारतसँग भिड्ने, जित्नै पर्ने दबाब

0 Shares

काठमाडौं । जारी महिला एशिया कपअन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि शुरु हुँदै छ ।

प्रतियोगितामा भारतले लगातार दुई खेलमा जित निकालेको छ । नेपालले एक जित र एक हार बेहोरेको छ ।

भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो । नेपालले युएईलाई पराजित गरेको थियो । यस्तै, पाकिस्तानसँग पराजित भएको थियो ।

नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।

सम्बन्धित समाचार