क्यानडा हिँडे सन्दीप लामिछाने

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने क्यानडा गएका छन् । पूर्व कप्तानसमेत रहेका उनी सोमबार बिहान क्यानडा प्रस्थान गरेका हुन् ।

उनी क्यानडामा हुने ग्लोबल टी २० लिग खेल्न प्रस्थान गरेका हुन् । आसन्न ग्लोबल टी २० यही जुलाई २५ गतेदेखि सुरु हुँदैछ ।

लिगमा सन्दीप भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । उनीसँगै यो टोलीमा नेपाली टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरी पनि खेल्दै छन् । रोहित पौडेलले टोरन्टो नेशनलबाट खेल्ने छन् ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यो ग्लोबल टी २० को चौथो सिजन हो ।

यो गिल खेल्न पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीहरू बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई खेल्न रोकेको थियो ।

उनीहरूले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकाले पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको थियो ।

सम्बन्धित समाचार