नेपाली खेलाडीसमेत खेल्ने लिगमा बाबर आजमसहित तीन जनाले पाएनन् खेल्न

0 Shares

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी २० खेल्न रोकेको छ ।

उनीहरूले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकाले पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको छ ।

बोर्डले आगामी आठ महिनामा पाकिस्तानले १४ एक दिवसीय, ९ टी २० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आगामी वर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेको जनाएको छ ।

यसअघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो । बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी २० खेल्न अनुमति दिएको छ ।

यो लिगमा नेपालका तीन खेलाडी पनि अनुबन्ध भएका छन् । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भ्यानकुभर नाइट्स र रोहित पौडेल टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

सम्बन्धित समाचार