0
Shares
काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै उपाधि रक्षा गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलका क्रममा समकालीन विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी रुँदै मैदानबाट बाहिरिएका थिए । आफ्नो कप्तानीमा पुनः अर्जेन्टिनालाई उपाधि चुमाउने लक्ष्यका साथ मैदान पुगेका उनी पूरा खेल खेल्न नपाउँदै रुँदै बाहिरिएका हुन् । तर, अर्जेन्टिनाले उपाधि रक्षा गर्न सफल भएको थियो ।
खेलको ६८ औँ मिनेटमा मेस्सी घाइते भएर मैदानबाट बाहिरिएका हुन् । पहिलेदेखि खुट्टामा देखिँदै आएको समस्या बल्झेपछि उनी रुँदै मैदानबाट बाहिरिएका हुन् ।
उनले मैदान छाड्ने क्रममा रंगशालामा उपस्थित हजारौँ समर्थकले हौसला दिएका थिए । मैदानबाट बाहिरिएपछि उनलाई प्राथमिक उपचार गरिएको थियो ।