0
Shares
काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमको खेललाई लिएर नेपालको चर्चा भएको छ । पाकिस्तानी टोलीकै पूर्वअलराउण्डर शोयब मलिकले बाबरको ब्याटिङले नेपालको टी २० अन्तर्राष्ट्रिय टोलीमा पनि छनोट नहुने दाबी गरेका हुन् ।
पूर्वअलराउण्डर ४२ वर्षीय मलिकले पछिल्लो समयका शीर्ष खेलाडी २९ वर्षीय बाबरले टी २० ढाँचामा छिटो रन बनाउन नसक्ने दाबी गरेका हुन् ।
‘बाबर आजम भारत, अष्ट्रेलिया, इङ्ल्याण्ड जस्ता शीर्ष अन्तर्राष्ट्रिय टोलीमा फिट हुन सक्दैनन्, बाबरलाई नेपालले पनि आफ्नो टीममा छान्दैन,’ मलिकले एक्समा भनेका छन् ।
मलिकका अनुसार बाबरले भर्खरै विश्वकप विजेता बनेको टोली भारत मात्र नभई ठूला टोली र नेपालको टोली नपर्ने गरी प्रदर्शन गरेका छन् ।