बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।

योसँगै आज सुनको मूल्य तोलामा २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार