0
Shares
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा ठुलो संख्यामा प्रहरी पुगेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गर्ने तयारी गरेको छ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका प्रसाईंलाई सरकारले नियन्त्रणमा लिन लागेको हो। दुर्गां प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा सरकारले पटक पटक पक्राउ गर्ने गरेको छ।
पछिल्लो समयमा गत असार २८ गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याइदिएको थियो।