आयोजक जर्मनी बाहिरियो, स्पेन युरोकपको सेमिफाइनलमा

0 Shares

काठमाडौं । स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक एक गोल गरे । खेलको ५१ औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । त्यसपछि खेलको ११९ औँ मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए ।

यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२० औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।

सम्बन्धित समाचार