काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पूर्व कप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बोर्ड बैठकले सन्दीपलाई ‘ए ग्रेड’मा राख्ने निर्णय गरेको क्यानले जनाएको छ । यस ग्रेडमा परेका खेलाडी मासिक एक लाख रुपैयाँ तलब पाउने भएका छन् ।
क्यानको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो ।
गौशाला २६ माथि बलात्कारको मुद्दा लागेसँगै सन्दीपलाई २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणबाट हटाइएको थियो । उक्त घटनामा उनी जिल्ला अदालछ काठमाडौंबाट दोषी ठहर भएका थिए ।
यता, उच्च अदालत पाटनले सन्दीपलाई सफाई दिएको थियो । उच्च अदालत पाटनबाट सफाई पाएसँगै उनी टी २० विश्वकप खेल्न वेष्ट इण्डिज पुगेका थिए । विश्वकपमा उनले दुई खेल खेल्दै विश्व कीर्तिमान बनाएका थिए । उनले टी २० फम्र्याटमा ५४ खेल खेल्दै एक सय विकेट लिने कीर्तिमान बनाएका हुन् । उनीभन्दा अगाडि अफगानिस्तानका रासिद खान रहेका छन् ।