मध्य रातमा राष्ट्रपति भेट्न पुगे देउवा र ओली

0 Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।

कांग्रेस-एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई नेतासहित नेताहरू राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन् ।

कांग्रेसका तर्फबाट सभापति देउवासहित रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । एमालेबाट अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेललगायत नेताहरू रहेका छन् ।

यसबीच एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन असफल भए संविधानको धारा ७६ को २ अुसार सरकार आह्वानको परिस्थिति निर्माण हुने जनाइएको छ ।

गत शनिबार देउवा र ओलीबीच भेटवार्ता भएपछि राजनीतिमा नयाँ तरङ सृजना भएको थियो । यता सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्ड आफू नेतृत्वको सरकार नै निरन्तर हुने बताएका थिए ।

यो पनि पढ्नुहोस्

 

 

सम्बन्धित समाचार