काठमाडौं । केही दिनअघि सम्पन्न आईसीसी टी २० विश्वकप २०२४ को ‘टीम अफ दी टुर्नामेण्ट’ सर्वाजनिक भएको छ । जसमा भारतलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका विराट कोहली पर्ने सकेनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता सम्पन भएसँगै उत्कृष्ट टोलीको घोषणा गर्दै ‘प्लेइङ ११’ सार्वजनिक गरेको हो । जसमा भारती टोलीबाट ६ जना खेलाडी पर्न सफल भएका छन् ।
यस टोलीमा भारतीय टोलीलाई विजेता बनाउने रोहित शर्माको कप्तानी छ । टोलीमा पाँच देशका खेलाडी छन् । जसमा उपविजेता बनेको दक्षिण अफ्रिकाबाट कुनै खेलाडी परेका छैनन् ।
अफगानिस्तानबाट तीन खेलाडी छन् भने वेष्ट इण्डिजबाट एक र अष्टे«लियाबाट एक जना परेका छन् । १२ औँ खेलाडीका रुपमा दक्षिण अफ्रिकाका खेलाडी परेका छन् । यस्तो छ ‘टीम अफ दी टुर्नामेण्ट’
रोहित शर्मा (कप्तान) – भारत
रहमानउल्लाह गुरबाज (विकेटकिपर) – अफगानिस्तान
निकोलस पूरन – वेष्ट इण्डिज
सूर्यकुमार यादव – भारत
मार्कस स्टोइनिस – अष्ट्रेलिया
हार्दिक पाण्ड्या – भारत
अक्षर पटेल – भारत
राशिद खान – अफगानिस्तान
जसप्रित बुमराह – भारत
अर्शदीप सिंह – भारत
फजलहक फारुकी – अफगानिस्तान
१२ औँ खेलाडीस् एनरिक नोर्टजे – दक्षिण अफ्रिका