0
Shares
काठमाडौं । इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो । इङल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो ।
खेलको ९१ औँ मिनेटमा ह्यारी केनले र खेलको ९५ औँ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए । यसअघि खेलको २५ औँ मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ । यो खेल आगामी जुलाई ६ मा हुने छ । हारसँगै स्लोभाकिया युरोकपबाट बाहिरिएको छ ।