सुनको भाउमा सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । आइतबार २ हजार ७०० रुपैयाँ घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ रहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२४ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५६ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार