0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको एक लाख ४२ हजारमा कारोबार भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।