0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।