सुनको मूल्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ४०० ले घटेको हो ।

जसअनुसार आज सुन छापावाला सुन प्रतितोलामा एक लाख ४१ हजार २०० मा कारोबार भइरहेको छ । बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार