0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर भएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।