0
Shares
काठमाडौं । खराब मौसम भएसँगै नेपाली टोली आईसीसी टी २० विश्वकपको बाँकी खेल खेल्न वेष्ट इण्डिज जान रोकिएको छ ।
नेपाली टोली बसेको अमेरिकाको भूभागमा निरन्तर वर्षा भएपछि अन्तर्राष्ट्रिय उडान रद्द भएको छ । जसले नेपाली टोलीको यात्रा प्रभावित भएको हो । नेपालले आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणका दुई खेल खेल्न बाँकी रहेको छ ।
नेपाली टोली बुधबार नै वेष्ट इण्डिज जाने कार्य तालिका थियो । तर, वर्षाका कारण रोकिएको हो ।
वेष्ट इण्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ । नेपालले पहिलो खेल नेदरल्याण्डससँग पराजित भएको थियो । दोस्रो खेल भारी वर्षा भएसँगै श्रीलंकासँग अंक बाँड्नु परेको थियो ।
यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिबेहेरीसहित बाढी आउन सक्ने चेतावनी दिएको छ ।