सन्दीपको यात्रामा बाधा हुने भएपछि गोप्य रुपमा वेष्ट इण्डिज पुर्‍याएका हौँ- अध्यक्ष चन्द

0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई एक साताअघि नै वेष्ट इण्डिज पठाउने काम भएको खुलाएका छन् ।

नेपाल ट्युब अष्ट्रेलियाले युट्युबमा सार्वजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुन सक्ने अनुमान गरेर गोप्य रुपमा क्यानडा हुँदै वेष्ट इण्डिज पठाएको बताएका हुन् ।

अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास गरेको जानकारी दिँदै क्यानडाका प्रशिक्षक पुबुदु दासनायकेले सहयोग गरेको बताए ।

‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए, यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नु भयो,’ उनलेभ भने, ‘विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ, यसमा हामी सफल भएका छौँ ।’

अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठूलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले अमेरिकाको भिसा नपाए पनि वेष्ट इण्डिजमा खेलाउन क्यानले प्रयास गरेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार