पाकिस्तानविरुद्ध खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको निधन

0 Shares

काठमाडौं । भारत पाकिस्तानविरुद्ध खेल हेर्न अमेरिका गएका मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको निधन भएको छ ।

अमेरिका र वेष्ट इण्डिजमा जारी नवौँ टी २० विश्वकपअन्तर्गत दुई देशको खेल हेर्न पुगेका ४७ वर्षीय कालेको हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच खेल हेर्न उनी मुम्बाई क्रिकेट संघका अन्य दुई अधिकारीसँग पुगेका थिए । उनीसँग सचिव अजिंक्य नायक र एपेक्स काउन्सिलका सदस्य सुरज सामत पनि थिए ।

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए ।

कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सम्बन्धित समाचार