0
Shares
काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
टोयोटा मोटर एसिया र टोयोटा सुशो एसिया प्यासिफिकसँगको समन्वयमा यूटीएसले उक्त रकम सहयोग गरेको हो । विपद्का समयमा नेपाल र नेपाली समुदायलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यूटीएसले टोयोटा समूहको तर्फबाट विपद् प्रभावित समुदायलाई सहयोग तथा थप उत्थानशील भविष्य निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।