स्पेनिस ला लिगा: राफिन्हाले ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

0 Shares

काठमाडौँ । राफिन्हाले ह्याट्रिकसहित सिजनको उत्कृष्ट लयलाई कायम राख्दा स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित दर्ता गरेको छ।

गएराति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रेसिङ सान्टान्डरविरुद्ध ७–२ को सानदार जित हात पारेको हो। यो सँगै बार्साले ला लिगामा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ।

लगातार ६ जितका साथ १८ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको बार्साले उपाधि रक्षाको अभियानलाई थप बलियो बनाएको छ।
बार्साका लागि राफिन्हाले सबै प्रतियोगिताहरूमा गरी ११ गोल गरिसकेका छन्।

बार्सिलोनाले खेलको आठौँ मिनेटमा नै जोआओ कान्सेलोको गोलमा सुरुवाती अग्रता बनाएको थियो। खेलको २५ औँ मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे।

३० औँ मिनेटमा म्यागुएट गुयेको गोलमा पाहुना टोलीले गोल अग्रता कम गरेको थियो। तर ३६ औँ मिनेटमा आसियर भिलालिब्रेको आत्मघाति गोलमा बार्सिलोनाले अग्रता फराकिलो बनायो।

४२ औ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै ४–१ को अग्रता बनायो।

खेलको ६५औँ मिनेटमा यासिर जाबिरीले गोल गर्दै रेसिङका लागि गोल गर्दै अन्तर कम गरे। तर त्यसको दुई मिनेटपछि नै बार्सिलोनाले पेनाल्टीको मौका पायो। जसलाई राफिन्हाले खेर जान दिएनन् तर आफ्नो ह्याट्रिक पूरा गरे। र खेलमो ८९ औँ मिनेटमा लामिन यामलको गोलमा बार्सिलोनाले फराकिलो जित हात पार्‍यो।

गएराति नै भएको खेलमा एथलेटिको मड्रिडले ओसासुनामाथि ४–० को फराकिलो जित निकाल्यो। सेभिल्लाले डिपोटिभोलाई १–० ले हरायो। एथलेटिको र लेभान्तेबीचको खेल भने स्थगित भयो।

सम्बन्धित समाचार