काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक ७ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएकोमा एक सातापछि कात्तिक १३ गतेसम्म तोलामा २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको हो।
कात्तिक ८ गते आइतबार एकै दिन सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घटेको थियो । योसँगै उक्त दिन सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । कात्तिक ९ गते सोमबार सुन प्रतितोलामा तीन हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुग्यो ।
कात्तिक १० गते मंगलबार सुनको मूल्य थप ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । कात्तिक ११ गते बुधबार पनि सुनको मूल्य बढेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भयो ।
कात्तिक १२ गते सुनको मूल्य ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार थियो । साता अन्तिम दिन कात्तिक १३ गते शुक्रबार सुन प्रतितोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० मा कारोबार भएको हो । यसरी हेर्दा साताभर सुनको मूल्य तोलामा ९ हजार ९०० रुपैयाँ घटेको हो ।