0
Shares
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी २० विश्वकप खेल्ने भएका छन् ।
अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेष्ट इण्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ ।
क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यसअघि सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।
नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ । त्यसपछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेष्ट इण्डिजमा खेल्दै छ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।