सुन किन्नेलाई आज फाइदा एकैदिन प्रतितोला ४ हजार रुपैयाँ घट्यो

0 Shares

काठमाडौँ । सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो ।

साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार २९३ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १७ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार