0
Shares
काठमाडौं । गत साताको तुलनामा यो साता सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत साताको तुलनामा यो साता सुनको मूल्यमा भारी वृद्धि भएको हो ।
महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ४१ हजार ५०० रुपैयाँ थियो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँ पुग्दा तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ कायम छ ।
यस्तै, चाँदीको मूल्यसमेत वृद्धि भएको छ । साताभरमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । योसँगै यो साता चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम छ ।