भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १७ अर्ब बढी

0 Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार पुगेको छ । कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

सम्बन्धित समाचार