0
Shares
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ ।
बुधबार दिउँसो विभागको टोलीले महाराजगञ्जस्थित जबराको घरमा छापा मारेको विभाग स्रोतले जानकारी दिएको हो ।
चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलको विवरण जाँच गरेर प्रहरी र सम्पत्ति शुद्धीकरणले संयुक्त रूपमा उनीसँगै जबरामाथि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान थालेका छन् ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई जेलबाट छुटाउन चलखेल गरेको आरोपमा प्रहरीले जबरालाई असोज ११ मा महाराजगञ्जबाट नियन्त्रणमा लिएको थियो ।
विभागले चोलेन्द्र निकट केही व्यक्तिहरूको घरमा समेत छापा मारेको छ । विभाग स्रोतका अनुसार नवीन बस्नेतको घर र नारायण दाहालको घरमा पनि विभागले छापा मारेको छ ।