हिमालय मोटर्सको दशैं योजना सार्वजनिक : म्याक्सस इ–टेरोन ९ किन्दा एक वर्ष निःशुल्क चार्जिङ र आकर्षक फाइनान्सिङ

0 Shares

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध MAXUS ब्रान्डको आधिकारिक वितरक हिमालय मोटर्स प्रा.लि.ले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै ‘दशैंको उमंग, MAXUS सँग’ नामक विशेष अभियान सार्वजनिक गरेको छ।

अटोमोबाइल बजारमा दिगो विलासिता र बलियो कार्यक्षमतातर्फ उन्मुख भइरहेको MAXUS ले विद्युतीय पिकअप सेग्मेन्टमा नयाँ पहिचान बनाएको कम्पनीको दाबी छ। अभियानअन्तर्गत MAXUS E-TERRON 9 खरिद गर्ने ग्राहकलाई एक वर्ष निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराइनेछ।

त्यस्तै, ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट सहित आकर्षक फाइनान्सिङ सुविधामार्फत प्रिमियम इलेक्ट्रिक पिकअपको स्वामित्व लिन सक्नेछन्। कम्पनीका अनुसार अधिकतम ७ वर्षसम्मको EMI सुविधा पनि उपलब्ध हुनेछ।

MAXUS E-TERRON 9 Comfort र Premium गरी दुई भेरियन्टमा उपलब्ध छ। पिकअप भए पनि यसमा कारजस्तै आराम, एसयूभीस्तरको भव्यता र शक्तिशाली अफ–रोड क्षमता रहेको कम्पनीले जनाएको छ।

गाडीमा 102.2 kWh ब्याट्री रहेको छ भने एकपटकको चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। ७०० Nm टर्कले कठिन उकालो तथा विभिन्न सडक परिस्थितिमा समेत प्रभावकारी प्रदर्शन गर्ने कम्पनीको भनाइ छ। फोर–ह्विल ड्राइभ र अल–ह्विल ड्राइभ प्रणालीले नेपाली सडकमा स्थिरता, ट्र्याक्सन र ह्यान्डलिङमा सहयोग पुर्‍याउने जनाइएको छ।

MAXUS E-TERRON 9 मा ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्म तथा मोटरमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै, योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक वर्षको अटो प्लस बीमा र एक आर्थिक वर्षको सडक करसमेत गाडी खरिदको मूल्यमा प्राप्त गर्न सक्नेछन्।

हिमालय मोटर्सका शोरुम म्यानेजर सुजन श्रेष्ठले दशैंको अवसरमा नेपाली ग्राहकलाई प्रतिस्पर्धी स्वामित्व योजना उपलब्ध गराउने उद्देश्यले अभियान ल्याइएको बताए।

उनले भने, “दशैं खुसीका साथ नयाँ सुरुवात गरेर परिवारसँग मनाउने चाड हो। हामी बजारमै सबैभन्दा प्रतिस्पर्धी स्वामित्व योजना प्रस्तुत गरेर यो खुसी हाम्रा ग्राहकसँग बाँड्न चाहन्छौँ।”

कम्पनीका अनुसार MAXUS E-TERRON 9 का विशेषता र सुविधाबारे थप जानकारी लिन ग्राहकले हिमालय मोटर्सका आधिकारिक शोरुम भ्रमण गर्न सक्नेछन्। अभियानका विस्तृत नियम तथा सर्तहरू पनि आधिकारिक आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार