काठमाडौं । नेपाली बजारमा नयाँ टीभीएस रेडर १२५ को सिंगल सिट भेरियन्ट सार्वजनिक भएको छ ।
टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ टीभीएस रेडर १२५ बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ रेडर १२५ सिंगल सिटको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।
नयाँ रेडर १२५ ले रेडरको परिचित स्पोर्टी डिजाइन र प्रदर्शनलाई थप आरामदायी तथा व्यावहारिक सिंगल सिट कन्फिगरेसनसँग जोडेको छ। विशेषगरी स्टाइल, प्रदर्शन र दैनिक प्रयोगलाई समान महत्व दिने युवा राइडरलाई लक्षित गर्दै यो मोडल प्रस्तुत गरिएको हो।
नयाँ सिंगल सिट कन्फिगरेसनले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि थप निरन्तर, फराकिलो र सहज सिटिङ एरिया प्रदान गर्दछ। यसले राइडरलाई आफ्नो बसाइको स्थिति सहज रूपमा मिलाउन सहयोग गर्नुका साथै दैनिक सवारी, लामो दूरीको यात्रा तथा दुई जनासहितको राइडमा थप फ्लेक्सिबिलिटी प्रदान गर्छ।
काम, कलेज, लेजर राइड वा परिवारसँगको आवतजावतमा मोटरसाइकल प्रयोग गर्ने ग्राहकका लागि यो सिंगल सिट लेआउटले रेडर लाई अझ उपयोगी र बहुपयोगी बनाउँछ । जबकि यसको स्पोर्टी क्यारेक्टर भने यथावत् रहन्छ।
यस नयाँ भेरियन्टले रेडरको शार्प र एनरजेटिक्स स्टाइलिङ कायम राख्दै फराकिलो प्रयोगका लागि उपयुक्त सिटिङ कन्फिगरेसन थपेको छ।
टीभीएस रेडरमा १२४.८ सिसि इन्जिन, ५ स्पीड गियरबक्स, रिभर्स एलसिडी डिजिटल डिस्प्ले, एलईडी लाइटिङ, मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ जस्ता आधुनिक फिचर छन् । जसले प्रदर्शनसँगै दैनिक सवारीलाई थप सहज र सुविधाजनक बनाउँछन्।
टीभीएस रेडर १२५ सीसी सेग्मेन्टमा युवा तथा आधुनिक राइडरलाई लक्षित गर्दै विकसित गरिएको मोटरसाइकल हो। यसको आकर्षक डिजाइन, डिस्टिङ्क्टिभ हेडल्याम्प, डिजिटल इन्स्ट्रुमेन्टेसन तथा रेस्पोन्सिभ पर्फर्मेन्सले यसलाई दैनिक राइडसँगै स्पोर्टी अनुभव चाहने राइडरका लागि उपयुक्त विकल्प बनाउँछ।
जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक रौनियारले नयाँ रेडर १२५ आकर्षक डिजाइन, राम्रो प्रदर्शन र दैनिक जीवनमा सहज रूपमा फिट हुने मोटरसाइकलको एउटै प्याकेज भएको बताउँछन् ।
‘आजका युवा राइडरहरूले मोटरसाइकलबाट केवल यातायातको साधनभन्दा बढी अपेक्षा गर्छन्। उनीहरू आकर्षक डिजाइन, राम्रो प्रदर्शन र दैनिक जीवनमा सहज रूपमा फिट हुने मोटरसाइकल चाहन्छन्। टीभीएस रेडर १२५ सिंगल सिट ले यी सबै पक्षलाई एउटै प्याकेजमा समेटेको छ । रू. २,७९,९०० को मूल्यमा यो नयाँ मोडलले नेपाली ग्राहकहरूलाई रेडर अनुभव गर्ने अर्को आकर्षक विकल्प प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।