काठमाडौं म्यारियट प्रस्तुत गर्दछ ‘द एसेन्स अफ जापान’: एडामामेमा जापानका विभिन्न क्षेत्रका परिकारहरूको यात्रा

0 Shares

काठमाडौं- काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले खानाका पारखी तथा जापानी संस्कृति मन पराउनेहरूका लागि ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अथेन्टिक जापानी खानाको समृद्ध परम्परा, मौलिक स्वाद र त्यससँग जोडिएका कथाहरू प्रस्तुत गर्ने यो विशेष फुड फेस्टिभल ५ देखि १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ।

‘खानासँगै जापानको यात्रा गरौँ’ भन्ने मुख्य अवधारणासहित फेस्टिभल सुरु गरिएको एडामामेमा जापानी संस्कृति तथा परिकारको अनुभव यात्रा जस्तै गरी लिन सकिने व्यवस्था गरिएको छ। पाहुनाहरूले उत्तरमा रहेको होक्काइडोदेखि दक्षिणको क्युसुसम्मको नक्सा यात्राका दौरान विभिन्न क्षेत्रका मौलिक स्वादहरूको अनुभव गर्न सक्नेछन्। यस क्रममा टोकियो, योकोहामा, नागोया, क्योटो, ओसाका, कागावा, हिरोसिमा, हाकाता, फुकुओका, ओइता र नागासाकीलगायत चर्चित ठाउँहरूका स्थानीय परिकारको मज्जा लिन सकिनेछ।

Screenshot

परम्परागत भोजनमा मात्र सीमित नरहेर ‘द एसेन्स अफ जापान’ ले खानालाई जापानको जीवन्त संस्कृतिसँग जोड्दै कथात्मक अनुभव पनि प्रदान गर्नेछ। यसअन्तर्गत पाहुनाहरूले आफ्नै रोजाइअनुसार तयार गर्न सकिने ह्यान्ड-रोल सुसी स्टेसन, जापानबाट आयात गरिएको प्रिमियम साकेसँग सर्भ गरिने ताजा सासिमी, विशेष रूपमा तयार गरिएका हाईबल्स तथा परम्परागत माचा डेजर्टको स्वाद लिन सक्नेछन्।

तीन वर्षदेखि काठमाडौंलाई आफ्नो दोस्रो घर बनाउँदै आएका सेफ क्योहेईले एडामामेमा अथेन्टिक जापानी खानाको अनुभव प्रस्तुत गर्दै आएका छन्। उनले जापानबाटै ल्याइएका सामग्रीलाई त्यहाँका विभिन्न क्षेत्रको भौगोलिक तथा सांस्कृतिक विशेषतासँग जोडेर परिकार तयार गरेका छन्। सेफ क्योहेईका लागि भोजन केवल खानाका रूपमा लिइने सामान्य विषय नभई स्वाद लिएर अनुभव गर्नुपर्ने जीवन्त सांस्कृतिक उत्सव हो।

यही परम्परालाई सम्मान गर्दै एडामामेमा सेफ क्योहेईका हजुरबुबाबाट विरासतका रूपमा प्राप्त सामग्रीहरूका साथै उनको व्यक्तिगत बिरुवाको संग्रह पनि राखिएको छ। यसले एडामामेलाई न्यानो र घरजस्तै आत्मीय स्थलका रूपमा प्रस्तुत गर्दै जापानी संस्कृति र परम्पराको वास्तविक अनुभूति दिलाउनेछ।

तपाईं पनि काठमाडौं म्यारियट होटलमा अवस्थित एडामामेमा आएर यहि ५ देखि १८ अक्टोबर २०२६ सम्म ‘द एसेन्स अफ जापान’ को अनुभव लिन सक्नु हुनेछ।

सम्बन्धित समाचार