बेनेलीको दसैं अफर : एक्सचेन्जमा ४० हजारसम्म बोनस, सहज फाइनान्सिङ

0 Shares

काठमाडौं । बेनेली नेपालले दसैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधा दिने योजना ल्याएको हो।

अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको बोनस पाउनेछन्। पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दसैंको अवसरमा थप मूल्य लाभ दिने कम्पनीले जनाएको छ।

ग्राहकको खरिद प्रक्रिया सहज बनाउन कम्पनीले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।

दसैं अफरअन्तर्गत बेनेली पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अफर सीमित अवधिका लागि लागू हुनेछ।

सम्बन्धित समाचार