काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा ‘१०–१० दशैँ धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
अफर असोज १५ देखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुनेछ ।
बैंकका अनुसार भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, बढीमा १ हजार रुपैयाँ र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, बढीमा १ हजार ५ सय रुपैयाँ छुट पाउनेछन् ।
छुट लिन ग्राहकले दराज एपमा रहेको ‘मेगा दशैँ डिस्काउन्ट १०/१०’ अभियानको ‘बैंक भाउचर’ सेक्सनमा गएर सिद्धार्थ बैंकको भाउचर लिनुपर्नेछ । उक्त भाउचर दराजको ‘माई भाउचर्स’ मा सुरक्षित हुनेछ ।
त्यसपछि कम्तीमा १ हजार ९९९ रुपैयाँको सामान खरिद गरी भुक्तानी गर्दा भिसा डेबिट वा क्रेडिट कार्ड छनोट गरेर सिद्धार्थ बैंकको सम्बन्धित कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकले दशैँको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र सस्तो बनाउन दराजसँग सहकार्य गरेको जनाएको छ । अफरले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहन गर्नुका साथै दशैँको किनमेलमा थप सुविधा पुग्ने बैंकको विश्वास छ ।
अफरबारे थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ तथा बैंकका आधिकारिक माध्यमबाट जानकारी लिन सकिनेछ ।