0
Shares
काठमाडौं । नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
होन्डाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रदान गरेको जनाएको छ।
बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै होन्डाले प्रभावितहरूको शीघ्र पुनःस्थापना होस् भन्ने कामना गरेको छ।
उक्त सहयोगबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।